• प्रमुख समाचार
  • चितवन सेरोफेरो
  • राजनिती
  • समाज
  • अर्थ-वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • मौसम
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ
×
☰
    • प्रमुख समाचार
    • चितवन सेरोफेरो
    • राजनिती
    • समाज
    • अर्थ-वाणिज्य
    • खेलकुद
    • मनोरञ्जन
    • मौसम
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ

ताजा अपडेट

आर्सनलको पुनरागमन जित
  • १ घण्टा अगाडि

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
  • २ घण्टा अगाडि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह
  • २ घण्टा अगाडि

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु
  • २ घण्टा अगाडि

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
  • २ घण्टा अगाडि

माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
  • २ घण्टा अगाडि

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
  • १७ घण्टा अगाडि

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
  • १८ घण्टा अगाडि

चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही
  • १८ घण्टा अगाडि

चर्चित

एतिहाँसिक पर्यटकीय गन्तव्य भएरपनि माडी क्षेत्र ओझेलमा

  •  
  • शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित

    असोज १९-चारैतिर निकुञ्ज र मध्यवर्ती वन क्षेत्रले घेरिएको माडीका बासिन्दाले वन्यजन्तुको मार सहे पनि पर्यटकीय लाभ भने लिन पाएका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि माडी ओझेलमा परेको छ । निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गर्दछन् । माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका छैनन् । सदरमुकाम भरतपुरबाट ४० किलोमिटर दक्षिणमा पर्ने माडी धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो । माडीको पूर्वी क्षेत्रमा ठोरी गाउँपालिकाको मध्यवर्ती वन, पश्चिममा भारतीय सीमामा जोडिएको वन, उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा चुरे पहाड र भारतीय सीमा क्षेत्र पर्दछ ।यी सबै क्षेत्र वन्यजन्तु आवतजावत गर्ने महत्वपूर्ण क्षेत्र हुन् । यसकै कारण माडीवासीले वर्षभरी नै त्रासमा जीवन बिताउनु परेको छ । वर्षेनी दर्जनौं व्यक्ति वन्यजन्तुबाट मारिन्छन् भने सयौं घाइते हुन्छन् । खेतीबाली जोगाउन माडीवासीलाई धौधौ हुन्छ । यिनै वन्यजन्तु देखाएर आर्जन हुने आम्दानी यहाँका बासिन्दाले पाउन सकेका छैनन् । निकुञ्जसँगै सोमेश्वर, सोमेश्वर कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक (परशुराम कुण्ड), पाण्डवनगर, बैकुण्ठेश्वर धाम एवं महादेव मन्दिर, सीता गुफा, विक्रमबाबा जस्ता महत्वपूर्ण धार्मिकस्थल माडी क्षेत्रमा रहेका छन् ।
    धार्मिक दृष्टिले माडीमा रहेका सबै क्षेत्र उत्तिनै महत्वपूर्ण रहेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउनुहुन्छ । साविकका गर्दी, बघौडा, कल्याणपुर र वसन्तपुर गाविसलाई मिलाएर बनेको माडी नगरपालिकाको जनसङ्ख्या ४३ हजार रहेको छ । बघौडा र गर्दीमा आधा जनसङ्ख्या आदिवासीको रहेको छ । अन्य दुई गाविसका बासिन्दाले २०१८ सालमा पूर्जी प्राप्त गरी बसोबास गरेका हुन् । थारु, गुरुङ, मगरलगायतको बसोबास रहेकाले पर्यटकीय सम्भावना अत्याधिक छ । हालसम्म माडी क्षेत्रबाट जीप र हात्ती सफारी जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुन सकेको छैन । वनकट्टा क्षेत्रबाट १.५ किलोमिटर दूरीमा सुकीभार क्षेत्र छ । सो क्षेत्र एकसिंगे गैंडाको अधिक बासस्थान भएको क्षेत्र हो । सो क्षेत्रमा हात्तीसफारीको व्यवस्था गर्न लागेको नगर प्रमुख ढकाल बताउनुहुन्छ ।भारतीय सीमा क्षेत्रमा रहेको सोमेश्वर गढीमा गोलपार्क निर्माण गरी दुवै देशको झण्डा राखेर पर्यटकीय स्थल बनाउन विस्तृत अध्ययन भइरहेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई समेत सो क्षेत्रको भ्रमण गराई पार्क निर्माण गर्ने तयारीमा रहेको ढकालले बताउनुभयो । त्यसैगरी बैकुण्ठेश्वर धाममा प्रदेश सरकारको लगानीमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी विकास गर्ने प्रक्रिया अघि बढाइएको छ । हरेक वर्ष बाला चर्तुदर्शीमा यहाँ ठूलो मेला लाग्छ । उक्त क्षेत्रमा मन्दिर र झरना रहेका छन् । उद्यान निर्माण गरी व्यवस्थित गरिने ढकालले बताउनुभयो ।
    सशस्त्र द्वन्द्वमा ३८ जनाको ज्यान गएको बाँदरमुढेमा युद्धकालिन पार्क निर्माण गरिँदै छ । प्रमुख ढकालकाअनुसार पार्क निर्माणका लागि भारत सरकारले सहयोग गर्ने भएको छ । रु आठ करोडको लागतमा पार्क निर्माण गर्ने तयारी भइरहेको छ । पर्यटकीय होटल निर्माण गर्न ऋणदेखि कर छुटको व्यवस्था नगरपालिकाले गरेको छ । पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले माडीको शिवद्वार र पाण्डवनगरमा रहेका घरबास ९होमस्टे०ले पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको बताउनुभयो । बघौडामा घरबास बन्दै छ । पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।भरतपुरबाट निकुञ्ज हुँदै माडी जानुपर्ने बाध्यता छ । जहाँ चौबीसै घण्टा यातायातको पहुँच छैन । निकुञ्ज क्षेत्रमा रातीको समयमा यातायात सञ्चालन गर्न नपाउँदा सो क्षेत्रमा पर्यटक आवागमनमा बाधा पुगेको छ । यसै क्षेत्रबाट निर्वाचित सांसद एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकुञ्ज क्षेत्रमा आकाशे पुल निर्माण गर्नुपर्ने बताउँदै आउनुभएको छ । हालसम्म उक्त कार्यले गति लिन सकेको छैन । निकुञ्जमा ओभरफ्लाई निर्माण गर्न सक्ने हो भने माडीको विकासमा कोशेढुङ्गा सावित हुने माडीवासी बताउँछन् । यसले पर्यटकीय गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
    सोही क्षेत्रबाट संविधानसभाको निर्वाचनमा निर्वाचित भई मन्त्रीसमेत बन्नु भएका बिक्रम पाण्डे माडीका जनता रिउ खोला र जङ्गली जनावरबाट पीडित बनेको बताउनुहुन्छ । रिउ खोलामा तटबन्ध गरेर नदी नियन्त्रणसँगै वन्यजन्तु अवलोकन मार्ग निर्माण गर्नुपर्ने बताउनुहुन्छ । वन्यजन्तु बस्ती पस्न पाउँदैनन् भने पर्यटकले सजिलै वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । खोलामा पानी खान आउने वन्यजन्तुलाई तटबन्धसँगै निर्माण गरिने सडकबाट सहजै अवलोकन गर्न सकिने उहाँको भनाइ छ । माडीलाई देशकै नमूना पर्यटकीय गन्तव्य बनाउन सकिने पाण्डे बताउनुहुन्छ ।पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदी पर्यटन विकासका लागि आवश्यक पर्ने आकर्षक सम्पदा हुँदा हुँदै माडी क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताउनुहुन्छ । आन्तरिक पर्यटकलाई प्राथमिकता दिई होमस्टे तथा सामुदायिक गेष्ट हाउसबाट आवास व्यवस्था गर्दै ठूला होटल स्थापना गर्नुपर्ने उहाँको सुझाव छ । माडीको भौगोलिक अवस्था अनुरुप यसको महत्व धार्मिक स्थल, वन, वन्यजन्तु एवं जनसमुदायसँग गासिएको छ । यहाँको ऐतिहासिक, धार्मिक स्थल तथा प्राकृतिक उपहारलाई अवसरको रुपमा सदुपयोग गर्दै प्रभावकारी योजना तर्जुमा गर्नुपर्ने उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा औद्योगिक विकास गर्न नसकिने हुँदा वन्यजन्तुको जोखिमलाई व्यवस्थापन गरी पर्यटन उद्योगको विकास गर्न सकिन्छ । राज्यले भौतिक पूर्वाधार विकास तथा लगानीमैत्री नीति तर्जुमा गर्नुपर्ने, नीजि क्षेत्रले नेतृत्व र लगानी गर्नुपर्ने, स्थानीय बासिन्दा पर्यटन मैत्री भएमा संरक्षणमा आधारित पर्यटन विकासबाट पर्यटनको प्रतिफल स्थानीयवासीमा पु¥याएर माडी क्षेत्रले आर्थिक समृृद्धि प्राप्त गर्न सकिने सुवेदीको ठहर छ । रासस

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
    माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
    चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
    • भर्खरै
    • चर्चित
    • १.
      आर्सनलको पुनरागमन जित

    • २.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

    • ५.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ६.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ७.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    • ८.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • ९.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • १०.
      गेटाफेमाथि बिल्बाओको सानदार जित

      यसबर्षको शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी ,मन्त्रालयले थाल्यो कानूनी परामर्शv

    Find us on Facebook

    Synergy FM 91.6MHz
    Bharatpur-10 , Chitwan
    चितवनको आवाज

    Synergy FM

    Categories

    Copyright ©2021 Synergyfm | All rights Reserved.
     Website By :  nTech.