play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यु-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपाल १-० गोलले अघि

0

१९ असोज, साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ ।भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले खेलको १५औं मिनेटमा नै किपरलाई छक्याएर गोल गरेकी थिइन् ।भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ ।भारतभन्दा नेपालले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ । नेपाल र भारतबीचको विजेताले फाइनलमा उपाधिको लागि आयोजक भुटान र बंगलादेशको विजेतासँग खेल्नेछ ।

Share.

Leave A Reply