play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बरिष्ठ नेता नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न नेकपाको सचिवालय बैठक आइतवार बस्ने

0

अशोज १९, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतवार अपरान्ह सचिवालय बैठक बोलाएका हुन् ।यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ ।
प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ । सो प्रस्ताव स्थायी कमिटीबाट पारित गर्ने सहमति अध्यक्षद्धयबीच भएको स्रोतले जनाएको छ ।दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका बेला शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।छलफलमा सचिवालय बैठकका निर्णय कार्यन्वयन गर्ने तर स्थायी कमिटी बैठक बोलाउने सहमति भएको स्रोतले जनाएको छ ।

Share.

Leave A Reply