असोज १९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज केन्द्रीय कार्यसमिति बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ । (रासस)
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सर्यो
0
Share.