play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने आयोजनाको दाबी

0

असोज १९, दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने नारायणगढ मुग्लिन सडक आयोजनाले दाबी गरेको छ । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले अब यो सडकखण्डमा लामो जाममा बस्नुनपर्ने दाबी गरेको हो ।आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यो सडकखण्डमा सडक सुरक्षाको थोरै काम बाहेक अरु सबै काम सकिएको छ । यस्तै पहिरो गैरहने ठाउँमा पनि पहिरो नखस्ने प्रविधि अपनाइएकाले अब नारायणगढ–मुग्लिन सडकको यात्रा सहज हुने उहाँको भनाई छ । यो सडकखण्डमा साँघुरा पुलमा केही जोखिम रहेको भन्दै उहाँले १८ वटा पुलमा पुग्ने वित्तिकै गाडीको गति कम गर्न चालक बाध्य हुने विधि अपनाइएको पनि जानकारी दिनुभयो । यस्तै सडक भासिएको ठाउँमा मर्मतको काम चाडपर्वपछि हुने पनि आयोजनाका सूचना अधिकारी खनालले बताउनुभयो । अहिले नै मर्मत गर्दा फेरि जाममा बस्नुपर्ने बाध्यता हुने भएकाले चाडपर्वपछि मात्रै मर्मतको काम गर्ने आयोजनाले जनाएको छ । यो सडकखण्डको १७ किलो, २६ किलोलगायतका केहि ठाउँमा सडकभन्दा तल बनाइएको पर्खाल भत्किएर सडक भासिएको छ ।

Share.

Leave A Reply