play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अाधी आवादि महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइग्रेसलाइ

0

असोज १७, आवादि एनभीए महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइग्रेसले जितेको छ ।सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै चितवनले उपाधि जितेको हाे । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालाको कवर्डहलमा बुधबार भएको फाइनलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई खेलभरी नै दबाबमा राख्यो ।पहिलो सेट २५–२० ले जितेको चितवन पछिल्लो दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ र २५–११ ले विजयी भयो ।
उपाधिसँगै चितवनले ६ लाख जितेको छ । उपविजेता बनेको एपीएफले तीन लाखमा चित्त बुझाएको छ । तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार पाएको छ ।तेस्रो स्थानको प्लेअफमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो ।

Share.

Leave A Reply