play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

खैरहनीका १२५ घरमा डेंगो गराउने लार्भा भेटियो

0

असोज १७ । पूर्वी चितवनको खैरहनी नगरपालिकाका १ सय २५ घरमा डेंगो गराउने लामखुट्टेको लार्भा भेटिएको छ । खैरहनी नगरपालिकाले संचालन गरेको डेंगो गराउने लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियानका क्रममा १ सय २५ घरमा लार्भा भेटिएको हो । खैरहनी नगरपालिकाको १,२,६,८ र ९ नम्वर वडामा अभियान संचालन गरिएको थियो । स्वास्थ्यकर्मीहरुको टोलीले नगरका ५ वटा वडाका २ हजार ३ सय २१ घरमा पुगी लामखुट्टेको वासस्थान खोज्ने काम गरेका थिए । खैरहनी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माका अनुसार वडा नम्वर १ मा २३ घर,वडा नम्वर २ र ८ मा ५१ घर,वडा नम्वर ६ मा २८ घर र वडा नम्वर ९ मा २३ घरमा डेंगो गराउने लामखुट्टेको लार्भा भेटिएको थियो । महिला स्वयमसेविका सहित स्वास्थ्यकर्मीहरुको टोलीले गाडीका टायर,प्लास्टिकका भाडा,टिन,ड्रम,गमला लगायतमा लार्भा भए नभएको चेक गर्दै नष्ट गर्ने काम गरेका थिए । सो क्रममा गाडीका टायरमा अत्याधिक मात्रामा लार्भा देखिएकाले सचेत हुनु पर्ने देखिएको स्वास्थ्य शाखा संयोजक माया पाण्डेले वताईन् । ९ सय १२ वटा टायर चेक गरेकोमा ३ सय ३६ वटा टायरमा लार्भा भेटिएको थियो । लामखुट्टेले यो समयमा डेंगो गराउने भएकाले खैरहनी नगरपालिकाले असोजको ५,६ र ७ गते अभियाननै संचालन गरेर लार्भा नष्ट गर्ने काम गरेको स्वास्थ्य संयोजक पाण्डेले वताईन् । खैरहनीमा चालु आर्थिक वर्षको दुई महिनामा एक जना पनि डेंगोका विरामी फेला परेका छैनन् । गत आर्थिक वर्ष २०७४÷७५ मा जनामा देखिएकोमा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १ वालिकाको मृत्यु हुनुका साथै ८३ जनामा डेंगो पोजेटिभ देखिएको थियो ।

Share.

Leave A Reply