play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

खैरहनी १२ स्थित कुमरोज स्वास्थ्य चौकीद्वारा प्रयोगशाला सेवा सुरु

0

असोज १७ । खैरहनी नगरपालिका १२ स्थित कुमरोज स्वास्थ्य चौकीले प्रयोगशाला सेवा सुरु गरेको छ । वडावासीलाई वडाबाटै स्वास्थ्यको पौचमा पुर्याउने उदेश्यसहित स्वास्थ्य चौकीले प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको बुधवार एक कार्यक्रमकाबीच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे । सो अवसरमा मेयर चौधरीले आधारभुत आवश्यकता स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दै चैनपुर र कठार स्वास्थ्य चौकीमा पनि केही समयपछि प्रयोगशाला स्थापना गर्ने वताए । स्वास्थ्यचौकीमा प्रयोगशालाको व्यवस्था हुनु खुसीको कुरा रहेको भन्दै मेयर चौधरीले यसलाई दिगोपनाका लागि स्थानीयले अपनत्व लिनु पर्ने वताए । प्रयोगशालाका लागि नगरपालिकाले ल्याव एसिस्टेन्टको व्यवस्था गरेको छ । प्रयोगशालाबाट रगत ,खकार,दिसा,पिसाव,मलेरिया,एचआईभी,सुगरको परिक्षण गर्न पाईने स्वास्थ्य चौकी प्रमुख इमामुद्धिन मियाले जानकारी दिए । खैरहनी १२ का वडाध्यक्ष समेत रहेका स्वास्थ्य चौकी व्यस्थापन समितिका अध्यक्ष टिकाराम तिमल्सीनाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्मा,जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी जयराम दुवाडी,वुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सीना,कुमरोज वनका अध्यक्ष हिरावहादुर गुरुङ,साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष तेजप्रसाद वर्तौला,मुस्कान सहकारीकी अध्यक्ष अम्विका तिमल्सीना,कुमरोज स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य कृष्णलाल चौधरी लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply