अशोज १७, चितवनको रत्ननगरलाई डेण्टल टुरिजमको रुपमा घोषण गरेसगैँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका छन् । विगत एक दशक देखि दन्त उपचारमा अगल पहिचानसगैँ गुणस्तरीय सेवाका अन्र्तराष्ट्रिय मान्यता पाएको साईराम डेण्टल हस्पिटल रत्ननगर नगपालिकाले डेण्टल टुरिजमको रुपमा घोषण गरेसगैँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेको हो ।दन्त उपचारमा उत्कृष्ट सेवासगैँ साईरामले हम्बल स्माईल फाउन्डेसनले प्रदान अन्र्तराष्ट्रिय मान्यता पाएपछि रत्ननगरमा पर्यटकहरु घुम्नसगैँ उपचार गर्न समेत आर्क्षित भएका हुन् । साईरामले डेण्टल टुरिजम क्षेत्र घोषण गर्दै रत्ननगरमा आफ्नो पहिलो शाखा विस्तार गरेको थियो ।
पहिलो एक महिनामा मात्र १६ जना पर्यटकहरुले रत्ननगरबाट सेवा लिएको साईराम डेण्टलकी प्रबन्ध निर्देशक डा.सरु थापाले जानकारी दिईन् । रत्ननगरमा बढीमात्रमा युरोपियन राष्ट्रका पर्यटकहरु घुम्नसगैँ दाँत सफा गर्ने, झर्न, निकाल्न, कृत्तिम दाँत राख्न, जरादेखि सफा गरि आरसीटी गर्न आउने समेत उनले बताए । आफुहरु दाँत उपचार गर्न समेत विदेशीहरु आउने तथ्याङ्गक थाहापाएपछि सरकारले घोषण गरेको पर्यटन बर्ष समेत सफल बनाउन डेण्टल टुरिजम घोषण सेवा दिईरहेको डा.सरु थपाले बताईन् ।
डेण्टल टुरिजमका प्रभाव: साईराममा दाँत उपचार गर्न विदेश पर्यटक आर्कषित
0
Share.