असोज १७, जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन पश्चिमी क्षेत्रबाट हिजो नै बिदा भएको जनाएको छ ।मौसमविदका अनुसार पश्चिमी क्षेत्रबाट मनसुन बिदा भैसकेकोले अब केही दिनभित्रै पूर्णरुपमा मनसुन बाहिरिने छ । महाशाखाका मौसमविद समिर श्रेष्ठले पश्चिमी क्षेत्रबाट मनसुन बाहिरि सकेपनि मध्य र पूर्वमा मनसुनको प्रभाव अझै कैही दिन रहने बताए । दसैं आउन एक साता बाँकी भएकाले दसैंसम्ममा पूर्णरुपमा नै मनसुन नेपालबाट बाहिरि सक्ने उनले बताए ।नेपालमा गएको केही वर्षदेखि नै मनसुन बिदा हुने समय लम्बिँदै गइरहेको छ । मौसमविद् श्रेष्ठका अनुसार मनसुन बिदा यही दिन हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । पश्चिम क्षेत्रबाट मनसुन बाहिरीसकेकाेले मध्य र पूर्वमा भने निकै कमजोर बन्दै गएको छ । अर्को प्रणाली केही नदेखिएकाले दसैंमा ठूलो पानी पर्ने सम्भावना देखिँदैन ।
बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने गर्छ । जसले गर्दा जुन महिना देखि सेप्टेम्बर महिनासम्म धेरै वर्षा हुने गर्छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा यही चार महिनाको अवधिमा हुन्छ । सेप्टेम्बर महिनाको अन्त्यसँगै बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै बिदा हुन्छ । पूर्वी नेपाल हुँदै फैलिने मनसुनी प्रणाली पश्चिमबाट सफा हुँदै बाहिरिने गर्छ ।गएको वर्ष मनसुनी अवधि सकिएको केही समय ढिला गरी मनसुन बाहिरिएको थियो ।
पश्चिम नेपालबाट यस बर्षको मनसुन बाहिरियो, दशैँमा पानि नपर्ने मौसमविदको अनुमान
पश्चिम नेपालबाट यस बर्षको मनसुन बाहिरियो, दशैँमा पानि नपर्ने मौसमविदको अनुमान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु