असोज १६ । खैरहनी नगरपालिका ११ का किशोरीहरुलाई जीवन उपयोगी शिप तालिम प्रदान गरिएको छ । खैरहनी नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा विद्यालय विमुख किशोरीहरुका लागि जीवन उपयोगी शीप तालिम प्रदान गरिएको हो । पाँच दिने तालिमको मंगलवार समापन गरिएको छ । तालिमका क्रममा जीवन उपयोगी शीपको परिचय,आत्मजागरण,अनुभुती प्रभावकारी संचार,संवेग नियन्त्रण,तनाव व्यवस्थापन,सिर्जनात्मक सोचाई,निर्णय गर्ने क्षमता लगायत विषयमा प्रशिक्षण दिईएको थियो । सो वडाका ३० जना किशोरीहरु सहभागी तालिममा महिला तथा वालवालिका शाखा प्रमुख सविता खनाल,प्रभा घिमिरे,वडाध्यक्ष मनेजर चौधरीले प्रशिक्षण दिएका थिए । तालिमको समापन खैरहनी ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीको अध्यक्षतामा भएको थियो ।
खैरहनीका किशोरीलाई जीवन उपयोगी शीप तालिम प्रदान
0
Share.