play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

पूर्वी चितवनको टाँडीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0

चितवन, असोज १६ ।
पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply