असोज १५ ।
बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा सिर्जना भएको तनावलाई नियन्त्रणमा लिन प्रहरी ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् । नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गर्दा तनाव सिर्जना भएको हो ।
राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्याल्य भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख गुरु अधिकारीले भने अरनिको राजमार्ग साँगाबाट धुलिखेलको सम्मको ९ किलोमिटर सडक मिचेर बनेका घर टहरा यो साताभित्र हटाइने बताएका छन् ।