play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज जेष्ठ नागरिक दिवस,देशैभर विभिन्न कार्यक्रम गरि मनाइदै

0

असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गरेका छन् ।ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा—आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेका छन् ।संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ असोज १५ गते जेष्ठ नागरिक दिवस मनाइदैछ । यस अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दैछन् ।


नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिक स्तरमा भएको प्रगति, खाद्यान्नको पर्याप्तता लगायतका कारण व्यक्तिको औसत आयु बढीरहेको छ । ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक बर्षदेखि ज्येष्ठ नागरिक विमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
परधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दावी गर्ने तर बृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिवध्द रहेको बताएका छन् । प्रधानमन्त्रीले बृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ता बीचको अन्तरक्रिया बढ्ने उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओली हाल विदेश भ्रमणमा छन् ।

Share.

Leave A Reply