असोज १४,सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रम मन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान सुरु गर्न लागेको बताउनुभयो ।रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उहाँले आम नेपाली युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने बताउनुभयो ।
एक वर्षमा लाखौं बेरोजगारलाई रोजगारी दिने श्रम मन्त्रीको घोषणा
0
Share.