play_circle_outline On Air

सिनर्जिको सानोसाथी

play_circle_outline On Air

सिनर्जिको सानोसाथी

कोरला नाका खोल्न चीनतर्फ धमाधम काम, नेपालतर्फ भने नाका खोल्ने नारा र भाषणमै सीमित

0

१४ असोज, नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुङ्वा जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ । असार र असोजमा त्यहाँ मेला नै लाग्छ । उपल्लो मुस्ताङवासी त्यही मेलाबाट धेरैजसो सामानको जोहो गर्छन् ।तिब्बतीले कोरला नाका हुँदै ‘खम्पा विद्रोह’ गरेपछि चीनले बन्द गरेको यो नाका फेरि सधैंभरी नियमित खोल्ने विषयले चर्चा पाउन थालेको लामो समय भइसक्यो ।कोरलामा एकीकृत भन्सार स्थापना गरेर नाका खोल्ने योजनाअनुसार यतिबेला चीनतर्फ धमाधम संरचना बनिरहेका छन् तर नेपालतर्फ भने निर्माण शून्य छ । दुई देशबीचको सुरक्षा नीति, अहिलेको नाकाको अवस्थालगायत विषयमा नेपालको मुस्ताङ र चीनको ढुङ्वाका प्रतिनिधिबीच हालै बसेको द्विपक्षीय बैठकमा चिनियाँ प्रतिनिधिले भने, ‘कोरला नाका खोल्ने गरी हामीले धमाधम संरचना बनाइरहेका छौं, अब नेपालतर्फ पनि बनाउन थाल्नुस् ।’तिब्बतको सिगात्से बोर्डर चिफ अफ कर्नेल गैरीले नाका सञ्चालन गर्ने दीर्घकालीन लक्ष्यसहित चिनियाँ पक्षले सीमा क्षेत्रमा धमाधम संरचना निर्माण गर्दै गरेको जानकारी गराउँदै नेपालतर्फ पनि संरचना निर्माण थाल्न आग्रह गरेका थिए । चीनतर्फ भन्सार, ब्यारेक, खाद्य प्रयोगशाला, गोदामलगायत एकीकृत संरचना धमाधान निर्माण भइरहँदा नेपालतर्फ भने कोरना नाका खोल्ने नारा र भाषणमै सीमित भइरहेको छ ।
दुई देशको नाका खोल्ने विषय जिल्ला मातहतको विषय होइन, नेपाल सरकारले भने यसतर्फ ध्यान दिन सकेको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पटकपटक कोरला नाकासम्म पुग्ने सडकको निगरानी गर्ने जिम्मा दिन र नाकामा नेपालतर्फ संरचना निर्माण छिटो गराइदिन आवाज उठाउँदै आइरहेका छन् । गण्डकी प्रदेशले कोरला नाकामार्फत समृद्धि हाल पार्ने ठूलो अपेक्षा राखेको छ । तर, नेपालतर्फ एकीकृत भन्सार स्थापना गर्ने काम जग्गा अधिग्रहणमै रोकिएको छ ।

Share.

Leave A Reply