play_circle_outline On Air

सिनर्जिको सानोसाथी

play_circle_outline On Air

सिनर्जिको सानोसाथी

उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा सुरक्षा सतर्कता उच्च

0

काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनाएको छ । आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो ।परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ ।उनका अनुसार उपत्यका भित्रिने र बाहिसिरने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।त्यस्तै, टिकट काउन्टरहरुमा पनि वेग्लावेग्लै टोली परिचालित भएका छन् ।

Share.

Leave A Reply