play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

निर्मला हत्या प्रकरणमा निलम्बित एसपीसहित तीनै जनाको डीएनए रिपोर्ट मिलेन

0

असोज,१४ ।
जबरजस्तीकरणी पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणले पनि दोषी किटान गर्न नसक्ने देखिएको छ । घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका तीनैजनाको डिएनए म्याच नभएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएकोमा डिएनए म्याच नभएको प्रहरी स्रोतले जानकारी दिएको हो । उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत आज सार्वजनिक हुँदैछ । यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दीलिप बिष्टको डिएनए परीक्षण भएको थियो, त्यसबाट उनी घटनामा संलग्न नभएको देखिएको थियो । आशंका गरिएका तीनजनाको डिएनए परीक्षणबाट पनि दोषी पत्ता लाग्न नसकेको हो ।

Share.

Leave A Reply