play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मसानघाट उपन्यास लोकार्पण गरियो

0

शिव गौतम,असोज १३, भरतपुर ।
लेखक वीरेन्द्र थापाद्वारा लिखित मसानघाट उपन्यासको आज भरतपुरमा लोकार्पण गरिएको छ । नारायणी टुडे राष्ट्रिय मासिकले आयोजना गरेको लोकार्पण कार्यक्रममा विभिन्न टिप्पणीकारहरूले पुस्तकको समालोचना गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले उपन्यास पढ्दै जाँदा त्यसले पाठकहरूमा कौतुहलता जगाउने बताउँदै उपन्यास सफल हुने दाबी गरेका थिए । सो कार्यक्रममा शिक्षक बाबुराम पाण्डे, लेखक डि.आर. पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो । लमजुङ छापाखानाले मुद्रण गरेको उपन्यास को सहयोग राशी रु. २०१ राखिएको छ । उपन्यासको आवरण भने नवीनभक्त अधिकारीले तयार पारेका हुन् ।

Share.

Leave A Reply