असोज १३, गएराती दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशविरुद्ध भारतले ३ विकेटले रोमाञ्चक जित हात पारेको छ । बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो । एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न् सफल भएको छ ।फाइनलमा शतक प्रहार गर्ने बंगलादेशी ब्याट्सम्यान लिटन दास म्यान अफ् द म्याच बने । त्यस्तै भारतका लागि ५ खेलमा ३४२ रन बनाउने शिखर धवन म्यान अफ् द सिरीज बने ।
उपाधिका लागि फाइनलमा भारतलाई फेभरेट मानिए पनि बंगलादेशसँग जितका लागि भारतीय ब्याट्सम्यानलाई निकै मेहनत गर्नुपर्यो । बंगलादेशी बलरले भारतीय ब्याट्सम्यानलाई कडा दबाब दिए । सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानसँग टाई गरेको भारतले बंगलादेशसँगको खेलमा पनि उत्कृष्ट प्रर्दशन भने गर्न सकेन ।
बंगलादेशविरुद्ध कठिन जित हात पार्दै भारतले चुम्यो सातौँ पटक एसिया कपको उपाधि
बंगलादेशविरुद्ध कठिन जित हात पार्दै भारतले चुम्यो सातौँ पटक एसिया कपको उपाधि

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु