play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता भारत आउने

0

१२ असोज, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् ।अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले आज जानकारी दिएका छन् ।भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस बार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउने छन । भारत र रुसको दुई पक्षीय सम्मेलन अहिले १९औँ पटक हुन लागेको हो ।उनले भ्रमणका क्रममा भारतीय समकक्षी रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply