पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, १० जना घाइते

0

इस्लामाबाद स् पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन्। सिन्ध प्रान्तको जाम्शोरो जिल्लाको सेहवान सरिफ शहरमा गुडिरहेको रेलका आठ ओटा डिब्बा पटरीबाट छुट्टिएर बाहिर निस्किएपछि सो दुर्घटना भएको जनाइएको छ। सो रेल कराची शहरबाट पेसावारतर्फ गइरहेको र बीच बाटोमा दुर्घटनामा परेको बताइएको छ। दुर्घटनापछि प्रहरी, उद्दार टोली र पाकिस्तान रेल सेवाका अधिकारीहरु दुर्घटनास्थलमा पुगेका छन्। यस दुर्घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पताल पुयाइएको छ। ती घाइतेको अवस्था स्थिर रहेको बताइएको छ।

Share.

Leave A Reply