play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्यारालाइसिस भएकी श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या

0

असोज ११ ।
पोखरा महानगरपालिका ३२ स्थित खुदी खोला नजिक सुकुम्बासी बस्तीमा श्रीमानले प्यारालाईसिस आफ्नै श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या गरेका छन् । ५२ वर्षीय यानबहादुर गुरुङले श्रीमति श्रीमायालाई हत्या गरेका हुन् । हत्याको आरोपमा यानबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुहार र टाउकोमा धेरै पटक हानेको ढुङगाले हानेको देखिन्छ। घरभित्र हत्या गरी लछार्दै ल्याएर तल फालेको हुनुपर्ने प्रहरीको अनुमान छ। स्थानीयका अनुसार यानबहादुर मदिरा पिउने गरेको र आज विहान मैले श्रीमती मारेर बकाइनोको रुख मुनी फालेको छु’ भन्दै उनि फरार भएका थिए । घटना थाहा पाएलगत्तै लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।स्थानीयको सूचनापछि घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्नुका साथै हत्यामा संलग्न यानबहादुरलाई खुदी खोला डिलबाट पक्राउ गरेको हो ।श्रीमाया विगत ३ वर्षयता प्यारालाईसिस रोगबाट थलिएकी थिइन् ।

Share.

Leave A Reply