play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

ब्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा जग्गाधनीलाई क्षतिपूर्ति दिन आदेश

0

सर्वोच्च अदालतले सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको फैसलामा भनिएको छ, ‘संविधानमा व्यक्ति तथा नागरिकको सम्पत्ति र आवासका हकहरु प्रत्याभूत गरिएको छ भने ती हकहरुको हरदम संरक्षण गरिनुपर्छ । यो धर्मो रक्षति रक्षितः भने जस्तै कुरा हो, विधिको रक्षा गर्‍यो भने मात्र हाम्रो रक्षा हुन्छ ।

सार्वजनिक प्रयोजनका लागि जग्गा अधिग्रहण गर्दा अधिग्रहणमा पर्ने जग्गाधनीसमेत लाभान्वित हुने भएकाले क्षतिपूर्ति दिनुपर्दैन भन्दै आएको सरकारी दाबी गलत रहेको पनि सर्वोच्च अदालतले व्याख्या गरेको छ ।

अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुनपर्ने दाबीलाई सर्वोच्च अदालतले जनताको संवैधानिक अधिकारप्रति सरकारी निकायबाट गरिएको गम्भीर हस्तक्षेप मानी त्यस्तो अवस्थामा अदालत टुलुटुलु हेरेर बस्न नसक्ने समेत उल्लेख गरेको छ ।

साउन १६ गते फैसला गरी बुधबार सार्वजनिक भएको सान्त्वना सुवेदी र सुनिता पौडेलले शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, काठमाडौं महानगरपालिका वडा नम्बर ४ को कार्यालय, बालुवाटार र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण मुद्दाको पूर्णपाठमा सरकारी निकायहरुलाई संवेदनशील हुन सचेत गराइएको छ ।

अदालतले हर समय सडक विस्तारलाई प्राथमिकता दिएर सार्वजनिक हकहितको रक्षाको पक्षमा फैसला गरेको उल्लेख गर्दै फैसलामा सरकारी निकायलाई व्यक्तिको सम्पत्ति जबरजस्ति उठाउने तर क्षतिपूर्ति दिन्न भन्नु लोकतान्त्रिक अभ्यास नहुने फैसलामा उल्लेख छ ।

Share.

Leave A Reply