play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मेस्सीले फिफा वर्ष खेलाडीमा किन रोनाल्डोलाइ भोट हाले ?

0

असोज १० – विश्व फुटबल दुनियाँमा यतिबेला सर्वाधिक चर्चाको चुलीमा छन् क्रोएसियामा स्टार फुटबलर लुका मोड्रिच । रसियामा सम्पन्न विश्वकप फुटबल उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्म पुर्याएका क्रोएसियन क्याप्टेन मोड्रिचले सोमबार राति फिफा वर्ष खेलाडी बनेपछि त विश्वभर झनै चर्चा कमाए ।फिफा वर्ष खेलाडीमा सन् २००८ देखि लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको बर्चस्वलार्इ तोड्दै मोड्रिच फिफा वर्ष खेलाडी बन्न सफल भए । रसिया विश्वकपका उत्कृष्ट खेलाडी उनले मिडफिल्डमा देखाउने जादुयी प्रदर्शनको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेको छ ।फिफा वर्ष खेलाडी चयनको क्रममा खेलाडी र कोचको उत्कृष्ट ३ खेलाडी छनोट शैली यस वर्ष केही व्यक्तिका कारण रोचक बन्यो । प्रभावशाली खेलाडीहरू कसले कसलाई भोट दियो ? भन्ने कुरा धेरैको चासोको विषय बनेको छ ।खासगरी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच, कोलियन एम्बापे लगायत प्रभावशाली खेलाडी कसले कसलाई भोट दिए ? फिफाले यसको विवरण सार्वजनिक गरिसकेको छ ।
जहाँ लियोनल मेस्सीले आफ्ना मुख्य प्रतिष्पर्धीका रुपमा रहेका क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट ३ खेलाडीको सूचीमा भोट हाले । अर्थात्, आफ्नै देशका खेलाडीलाई छोडेर फरक क्लब र देशका प्रमुख प्रतिस्पर्धी रोनाल्डोलाई उनले भोट दिए ।मेसीले यसरी पहिलो पटक रोनाल्डोलाई भोट दिएका हुन् । सन् २०११ देखि नै आफ्नै देश वा क्लबका खेलाडीलाई नै उनले भोट दिँदै आएका थिए । यसको जबाफमा रोनाल्डोले भने मेस्सीलाई भोट नै दिएनन् । रोचक त के छ भने, मेसी र रोनाल्डो दुवैको रोजाइमा परे फिफा वर्ष खेलाडी बन्न सफल लुका मोड्रिच ।
यहाँ हेरौँ कसले कसलाई भोट दिए ? सूचीसहित :
लियोनल मेस्सी :
लुका मोड्रिच
केलिएन एम्बापे
क्रिस्टियानो रोनाल्डो

लुका मोड्रिच :
राफेल भाराने
क्रिस्टियानो रोनाल्डो
एन्टोनियो ग्रिजम्यान

क्रिस्टियानो रोनाल्डो :
राफेल भाराने
लुका मोड्रिच
एन्टोइन ग्रिजम्यान

ह्यारी केन :
क्रिस्टियानो रोनाल्डो
लियोनल मेसी
केभीन डे ब्रायन

Share.

Leave A Reply