एसियन यु–१८ स्कुल च्याम्पियनसीप फुटबलमा नेपालको पहिलो जित

0

असोज १० । भारतको आगरामा जारी एसियन यु–१८ स्कुल च्याम्पियनसीप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

हिजो भएको खेलमा नेपालले उत्तरी छिमेकी राष्ट्र चीनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपाल थाइल्याण्डसँग २–० तथा इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाललाई पहिलो जित दिलाउन टिका गुरुङले दुई तथा कप्तान दिनेश हेन्जनले एक गोल गरे । अब नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

यो खेलमा जित हात पारे नेपालको दोस्रो चरण पुग्ने सम्भावना जिवित हुनेछ ।

Share.

Leave A Reply