असोज ९ ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार तथा समाजकल्याण परिषद्का कामलाई पारदर्शी र प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेको छ । साथै समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र यसअन्तर्गतका महिलाआयोगसहित सात आयोगको अनुगमन, नियमन तथा प्रभावकारी सञ्चालनका लागि पनि समितिलाई सक्रिय बनाइनेछ । समितिका सभापति नीरुदेवी पालले पछिल्लो समय महिलामाथि हुने बलात्कार, हत्या, हिंसा र आतङ्कले देश आक्रान्त बनेको उल्लेख गर्दै यस्ता घटनाको न्यूनीकरण तथा दोषीमाथि कानूनी कारवाहीका लागि समितिले विशेष पहल गर्ने बताउनुभयो ।समितिको बैठकमा अधिकांश सदस्यले मुलुकमा व्याप्त महिला हिंसा, बलात्कार, हत्या, अपहरण तथा बालबालिका र ज्येष्ठ नागरिकमाथि ज्यादतीका घटना बढिरहेको बताउँदै यस्ता गतिविधि न्यूनीकरणका लागि समितिले अभिभावकका रुपमा आफ्नो भूमिकालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने औंँल्याउनुभयो ।समितिको आजको बैठकले समितिको कार्य्विधि र नियमावली बनाउनका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ ।
महिला हिंसा न्यूनीकरणमा संसद अन्तर्गतको समिति सक्रिय बन्ने
0
Share.