play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारविरुद्ध पक्राउ पूर्जी जारी

0

रौतहट,असोज ९ –
पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ठूला आयोजना निर्माणमा लापरवाही गरेको भन्दै जिल्ला अदालत रौतहटले रौनियारविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उक्त कन्स्ट्रक्सनले विभिन्न आयोजनाको ठेक्का लिने तर काम समयमा पूरा नगर्ने र पूरा गरेपनि कमसल बनाउने गरेको आरोप लाग्ने गरेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटनाका पीडितहरूको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

Share.

Leave A Reply