play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

0

असोज,८ ।
उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गर्नुभयो । चीन भ्रमणको क्रममा उहाँले सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी हुनुभएको थियो । चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उहाँले शिष्टाचार भेट गर्नुभएको थियो ।

Share.

Leave A Reply