राष्ट्रकवि घिमिरे सय वर्षमा

0

राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्षको हुनु भएको छ । १९७६ असोज ७ गते लम्जुङ्गको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा परिवारले साँझ बिशेष कार्यक्रम आयोजना गरेको छ । सतबार्षिकीको अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरे बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा– उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुनुहुन्छ । गौरी शोक काब्य उहाँको चर्चित कृति हो । राष्ट्रकवि घिमिरेका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी कविता संङग्रह चर्चित छन् । चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का ’फूलको थुङ्गा बगेर गयो’, ’आजै र राति के देखे सपना’ लगायत गीत कालजयी छन् ।सय वर्षको उमेरमा समेत कविवर घिमिरे, ‘ऋतम्भरा’ महाकाव्य लेखिरहनु भएको छ । राष्ट्रकवि घिमिरेको पत्नी, ६ छोरी र २ छोरा छन् ।

 

Share.

Leave A Reply