play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सरकार प्रतिपक्षीसँग मिलेर जान तयार रहेको ःप्रधानमन्त्री ओली 

0

असोज,६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षीसँग मिलेर जान तयार रहेको बताएका छन । सहाना प्रधानको चौथो स्मृति दिवसका अवसरमा काठमाण्डैमा आयोजित कार्यक्रममा ओलीले पार्टी एकाता गरिसकेको र अब प्रतिपक्षसँग मिलेर अगाडि बढ्ने बताएका हुन । कार्यक्रममा ओलीले नेपालको राजनीतिक जागरण र परिवर्तनको आन्दोलनमा सहाना प्रधानको असाधारण योगदान रहेको बताए । उनी महिला नेतृ मात्र नभएर नेपालको सामाजिक आन्दोलन र सामाजिक परिवर्तनको आन्दोलनको नेतृत्वदायी नेता भएको प्रधानमन्त्रीको भनाइ थियो । राणाशासनको अन्धकार युगमा उनीहरू आन्दोलनमा उत्रिनु र ८७ वर्षको उमेरसम्म बाँच्नु सामान्य कुरा नभएको पनि उनले बताए । यसैबिच, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणपछि ठूलो जोखिममा रहेको र राम्रो काम नगरे सबै एउटै डुंगामा डुब्ने खतरा रहेको बताएका छन् । तत्कालीन एमाले नेतृ साहना प्रधानको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतापछि तत्कालीन एमाले र एकीकृत माओवादी एक भएकाले यसलाई सफलतापूर्वक अघि बढाउने निकै ठूलो जोखिम रहेका बताए । एकीकरणको कार्यलाई राम्ररी अवतरण नगरे सबै जना एकै पटक डुब्ने चेतावनी दिए ।

Share.

Leave A Reply