असोज ६ ।
सुनसरीको ईटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् । जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ बर्षीय पर्शुराम राई, निजकी श्रीमती बर्ष ५२ की मनकुमारी राईसहित छोरा, बुहारी, नाती–नातिनी लगायत १२ जना बिरामी परेका हुन् । बिरामी सबैलाई उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
जंगली च्याउ खाँदा सुनसरीमा एकै परिवारका १२ जना बिरामी
0
Share.