play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारत र पाकिस्तान बिजयी

0

अशोज ६, एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारत र पाकिस्तान बिजयी भएका छन् गएराति भएको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराएको छ ।टस हारी पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो ।१७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६.२ ओभरमै पूरा गर्यो । रोहित शर्माले कप्तानी पारी खेल्दै नटआउट ८३ रन बनाए । त्यस्तै ओपनर शिखर धवनले ४७ बलमा ४० रनको योगदान दिए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङका लागि आएका अम्बाती रायुडुले १३ रन बनाए । त्यसपछि ब्याटिङ गर्न आएका महेन्द्रसिहं धोनीले ३३ रनको योगदान दिए ।
त्यस्तै गएराती नै भएको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । अफगानिस्तानले दिएको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २५७ रन बनाएको थियो । एसिया कपमा भारतले आइतबार पाकिस्तानसँग खेल्दा अफगानिस्तानले आइतबार नै बंगलादेशसँग खेल्नेछ ।

Share.

Leave A Reply