play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

थारु कल्याणकारिणी सभा चितवनले ‘जितिया उत्सव २०७५’ आयोजना गर्ने

0

शिव गौतम

असोज ५, भरतपुर ।

थारु कल्याणकारिणी सभा चितवनले असोज १५ गतेका दिन ‘जितिया उत्सव २०७५’ आयोजना गर्ने बताएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जितिया उत्सव मूल आयोजना समितिकी संयोजक विष्णु कुमारी चौधरीले जानकारी दिनुभयो । उत्सवले चितवनको पर्यटकीय, बजारीकरण र शहरोन्मुख तथा नगरोन्मुख क्षेत्रको द्रुत गतिमा विकास गर्न टेवा पुर्याउने उहाँको दाबी थियो । कल्याणकारिणी सभाका अनुसार मुख्य उद्देश्यहरू थारु भाषा, भेषभुषा, संस्कृति संरक्षण गर्ने, थारु खानाका परिकारहरूको प्रचारप्रसार गर्ने, पर्यटनलाई प्रवर्द्धन गर्ने, आदि रहेका छन् । जितिया उत्सव २०७५ लाई सफल पार्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको सभाले जनाएको छ । सभाका अनुसार उत्सवका प्रमुख आकर्षणहरू थारु जातिका परम्परागत भेषभुषा सहितको सांस्कृतिक प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, व्यापारिक स्टलहरू, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक स्टलहरु रहने छन् । उत्सवको समुद्घाटन हुनुपूर्व झाँकीसहित परम्परागत भेषभुषा सहितको शोभायात्रा गरिने चौधरीले जानकारी दिनुभयो । उनका अनुसार ‘जितिया उत्सव २०७५’ भरतपुर महानगरपालिकाको वडा नम्बर २८ पर्साढाप बगैचामा हुनेछ ।

Share.

Leave A Reply