play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना, ४० को मृत्यु, कयौं बेपत्ता

0

असोज ५ ।
तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । एक सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएअनुसार दुर्घटनामा २ सय भन्दा बढी व्यक्ति डुबेको आशंका गरिएको छ । सय जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ३२ जनाको अवस्था चिन्ताजनक छ । सो डुंगामा चार सय यात्रु सवार रहेको बताइएको छ । घटनामा कति व्यक्तिको हताहति भयो भन्नेबारे यकिन जानकारी अहिलेसम्म प्राप्त भएको छैन । एमबी न्येरेरे नाम दिइएको उक्त डुंगा उकोरा र बगोलोरा द्वीप नजिकै दुर्घटनामा परेको हो । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्कँदा दुर्घटना भएको जनाइएको छ । उद्धार कार्य हालका लागि स्थगित गरिएको छ ।

Share.

Leave A Reply