play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

चितवनमा इन्धनको अभाव हुन नदिन आजदेखि स्कटिङ गरिदै,१० ट्याङ्कर अमलेखगञ्ज पठाइँदै

0

अशोज ०५, सवारी चालकको हडतालका कारण इन्धन आपूर्तिमा अवरोध भएपछि चितवनमा इन्धनको अभाव हुन नदिन प्रहरीको इस्कटिङमा आज ट्याङ्करलाई तेल भर्न अमलेखगञ्ज पठाइने भएको छ ।चितवन डिलर्स एशोसिएसन र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको बीचमा हिजो भएको गहन छलफलपछि प्रहरी स्कटिङमा इन्धन भर्न ट्याङ्कर पठाउने निर्णय भएको हो । चितवन पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष ईश्वरी भट्टराईले केही चालकहरुले सुरक्षाको ग्यारेन्टी गरे ट्याङ्कर चलाउन सक्ने संकेत दिएकोले यो निर्णय गरिएको बताए । ती ट्याङ्करहरुलाई चितवन जिल्लाको सीमाना लोथरसम्म जिल्ला प्रहरी कार्यालय चितवनले र त्यसपछि मकवानपुर जिल्ला प्रहरी कार्यालयले स्कटिङ गर्ने गरी तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतसँग भएको छलफलमा एशोसिएसनका अध्यक्ष भट्टराईसहित महासचिव हिरालाल घिमिरे, कैलास आयलका शिव जोशी, गोरखकाली पेट्रोल पम्पका बालकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठको सहभागिता रहेको थियो । उनीहरुले चितवन जिल्लाका प्रहरी प्रमुख सुशीलसिंह राठोरसँग पनि छलफल गरेका थिए

Share.

Leave A Reply