सवारीसाधन सञ्चालन नगरे कारबाही गर्ने चितवन प्रशासनको चेतावनी

0

अशोज ०५, जिल्ला प्रशासन कार्यालय चितवनले कसैलाई कुनै पूर्वसूचना नदिई सवारीसाधनका चालकहरुले यातायात बन्द गरेकोले यदि यथावत् सुचारु नगरेमा कडा कारबाहीको निर्देशन दिएको छ ।प्रशासन कार्यालयले प्रेषित गरेको विज्ञप्तिमा सरकारी निकाय वा आधिकारिक ट्रेड युनियन तथा आधिकारिक व्यवसायी संघसंस्थालाई कुनै जानकारी नदिइ बिनाकारण असोज २ गतेबाट सवारी साधन बन्द गरेकोले यथाशाक्य सुचारु गर्न आव्हान गरेको छ । विज्ञप्तिमा प्रशासन कार्यालयले जिल्लाका सम्बन्धित सरोकारवालाहरुको छलफलमा संशोधन गरेको सवारी ऐन चालकको पक्षमा नै रहेको जीकिर पनि गरिएको छ ।

Share.

Leave A Reply