play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको निर्णय

0

४ असोज, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘पटकपटक इन्धनको मूल्य बढ्दा गाडी चलाउने नसक्ने अवस्था आयो’ उनले भनेका छन् ।

Share.

Leave A Reply