play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

एसिया कपमा अफगानिस्तानद्वारा बंगलादेश सामु २५६ रनको लक्ष्य प्रस्तुत

0

अशोज ०४, एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र बंगलादेश भिडिरहेका छन् ।अबुधाबी मैदानमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २५५ रन बनाएको छ । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ५८ रनको पारी खेलेका थिए ।यसैगरी अफगानिस्तानका अलराउण्डर रासिद खानले विस्फोटक ब्याटिङ गर्दै ५७ रन जोडेपछि टिमले सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । रासिदले ३२ बलमा ८ चौका तथा १ छक्का प्रहार गरे । त्यसैगरी गुलाबदिन नाइब पनि ४२ रनमा नट आउट रहे । उनले ३८ बलमा ५ चौका प्रहार गरेका थिए । बंगलादेशका शकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका हसनले १ ओभर मेडन राख्दै ४२ रन खर्चिए । बंगलादेशले २५६ रनको लक्ष्य पछ्याउँदै छ ।

Share.

Leave A Reply