play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अब त अति भो: १० वर्षीय बालकद्वारा ६ वर्षीया बालिका बलात्कृत

0

असोज ४, कञ्चनपुरको कृष्णपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका बण्डकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालक पक्राउ परेका हुन् । बालकले आफूलाई बलात्कार गरेको बालिकाले बताएको पीडितकी आमाले बताउनुभयो । आमाका अनुसार बालिका विद्यालयबाट घरमा पुग्नासाथ घरको पछाडि गएकी थिइन् । धेरै बेरसम्म छोरी घरभित्र नआएपछि हेर्न जाँदा बालिकाले हातले च्यापेर दुख्यो भन्दै रोएको आमाको भनाई छ । बालिका कक्षा २ मा अध्ययनरत छिन् । उनको विद्यालयमा बलात्कार भयो वा बिदा भएपछि घर आउने बेलामा बलात्कार भयो भन्ने खुल्न सकेको छैन् । छोरीले गुप्तांग दुख्यो भनेपछि आफूले गर्मीका कारण पिसाब पोलेरे दुख्यो होला सोचेको पीडिक बालिकाकी आमाले बताउनुभयो । छोरीको त्यस्तो अवस्था देखेपछि घर नजिक रहेका शिक्षकलाई घरमा गएर उहाँले सोध्नुभयो । शिक्षकले आफूलाई थाहा नभएको बताउँदै अर्को दिन छोरीलाई विद्यालय लिएर आउनु भनेको उहाँले बताउनुभयो ।
प्रहरीले बालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । उनी त्यसै विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । यस्तै, बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।कञ्चनपुरमा मात्रै गएको साउनदेखि हालसम्म १७ जना बालबालिका बलात्कारको शिकार भएका छन् ।

Share.

Leave A Reply