play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनमा आज पनि सार्वजनिक यातायातका सवारी साधन नचलेपछि जनजीवन प्रभावित

0

असोज ४ ।
चितवनमा आज पनि सार्वजनिक यातायातका सवारी साधन नचलेपछि जनजीवन प्रभावित बनेको छ । सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले यातायात सेवा ठप्प पारेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी ल्याएको कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने माग राख्दै चालकहरुले सवारी साधन ठप्प पारेका हुन् । चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलित भएको हो । चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग पनि ठप्प भएको छ । चालकहरुको आन्दोलनले बिभिन्न जिल्लामा लामो  दुरीका सवारी साधन चलेका छैनन्  भने छोटो सवारी साधन फाटफुट रुपमा मात्रै संचालनमा आएको छ  ।

Share.

Leave A Reply