play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

धारिलो हतियार प्रहार गरी एकको हत्या, घटनामा संलग्न ५जना प्रहरीको नियन्त्रणमा

0

४ असोज ।
नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका १ मा गएराति एक जनाको धरिलो हतियार प्रहार गरी हत्या भएको छ ।
मादकपदार्थ सेवन गरी पाँच जना मिलेर लखेट्दै कुटपिट गरी धारिलो हतियार प्रहार गरी विनयी त्रिवेणी १ का २५ बर्षीय रुपेश महतोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
धारिलो हतियारले खुट्टाको तिघ्रामा चोट लागेको महतोको अत्याधिक रक्त श्रावका कारण मृत्यु भएको हो ।
घटनामा सम्लग्न स्थानीय ५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मुख्य अभियुक्त सुरज काउछा सहित सागर थापा, मनोज कट्टेल, सन्तोष थापा र दिपेन रोकालाई प्रहरीले राति नै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
महताको राति उपचारको क्रममा मध्यविन्दु सामुदायिक अस्पताल कावासोती १६ डण्डामा मृत्यु भएको हो । मृतकको शव पोष्टमाटर्मका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply