play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

रत्ननगरका जनप्रतिनिधि र कर्मचारी बीच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारी विजयी

0

अशोज ०३ । रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारीको टिम विजयी भएको छ । संविधान दिवसको अबसरमा आयोजित सो प्रतियोगितामा ६–४ गोलको अन्तरले कर्मचारीको टिम विजयी भएको हो । मैत्रीपूर्ण फुटवलको उद्घाटन गर्दै मेयर वनले संविधान कार्यान्वयसंगै बनेको स्थानीय सरकारले नगरको समृद्धिको लागि ध्यान केन्द्रित गरेको बताए । जनप्रतिनिधि र कर्मचारी बीच सम्बन्ध राम्रो भएमात्र नगरलाई विकासको गतिमा अगाडि लैजान सकिने उनको भनाई छ । प्रतियोगितामा जनप्रतिनिधिको टिमबाट मेयर वन,उपमेयर विमला दुवाडी,वडा अध्यक्षहरु,नगर सदस्य र कर्मचारीको टिमबाट प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी,प्रशासकीय अधिकृत संगम सापकोटा लगायत विभागिय प्रमुख तथा वडा सचिवहरु रहेको प्रबक्ता सरस्वती लामाले जानकारी दिइन ।

Share.

Leave A Reply