मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल लेराउने तयारी भइरहेको छ ।पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल लेराउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ । मलेसियाको समय अनुसार सोमबार बेलुकी पाँच बजेदेखि बुधबार बिहान ९ बजेसम्म ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । १६ जना नेपाली बिरामी भएका छन् । ज्यान गुमाउनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका दूतावासले जनाएको छ ।्
मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु भएकाको शव नेपाल लेराउने तयारी
मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु भएकाको शव नेपाल लेराउने तयारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु