२ असोज, पश्चिम चितवनलाई भरतपुरसँग जोड्ने मुख्य सडक मध्येको एकखण्ड रामपुर चनौली सडक समयमा नै निर्माण सुरु नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको छ ।दैनिक सयौं गाडीहरु गुड्ने यो सडकमा ठूला ठूला खाल्डा परेका छन् । केही दिनदेखि चितवनमा लगातार परिरहेको पानीले ती खाल्डाहरु पोखरी जस्ता बनेका छन् ।रामपुरदेखि चनौलीसम्म चार किलोमिटर छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने यो सडकखण्डमा उनकै पहलमा वजेट ल्याएर ठेक्का लगाएर ठेकेदार छनौट भएपनि काम सुरु भएको छैन ।सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धमेन्द्र झाले सडक निर्माणका लागि भ्याट बाहेक ५ करोड १३ लाख रकममा ठेक्का सम्झौता गत असारमा गरिएको बताए । मृत सञ्जिवनी बिराज एण्ड ब्रर्दश जेभीले सडक निर्माणको ठेक्का पाएको छ ।
ठेक्का सम्झौता अनुसार सडक डवल लेनको सोल्जरसहित अस्फाल्ट क्रंकिटबाट निर्माण गर्ने उल्लेख छ । निर्माण कम्पनीका ठेकेदार राजु सडौंलाले अहिले खोला बन्द रहेका कारणले निर्माण सुरु गर्न नसकिएको बताए ।नगरपालिकाहरुले खोला खोलेपछि दशैं पछाडि निर्माणको काम अघि बढाउने उनले दावी गरे । ठेक्का समझौता अवधि एक बर्षको छ । भरतपुरको चौंविसकोठीदेखि चनौंलीसम्म १६ किलोमिटर छ ।
रामपुर चनौली सडक समयमा नै निर्माण सुरु नहुँदा स्थानीयलाई सास्ती
0
Share.