काठमाडौंमै युवतीको सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

0

असोज २, काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा मंगलबार तीनजना पक्राउ परेका छन् ।बलात्कारको अभियोगमा काठमाडौं, नागार्जुन नगरपालिका वडा नम्बर-७, का सूर्य राना, नागार्जुनकै भीमढुङगामा होटल सञ्चालन गर्दै आएका रामकृष्ण नगरकोटी र नुवाकोट रालुकादेवी गाउँपालिकाका अर्जुन लामा पक्राउ परेका हुन् ।स्युटाचारको गोदामचौरबाट युवती हराएको निवेदन दर्ता भएपछि खोजी गर्दा ती युवती रामकृष्णले सञ्चालन गरेको होटलमा भेटिएपछि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।राती १० बजे हराएकी युवती १२ बजेतिर होटलमा बलात्कृत अवस्थामा भेटिएको र अहिले युवतीलाई स्वास्थ्य परीक्षणका लागि लगिएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply