play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरका नयाँ नोट, एक जनाले २७ हजारसम्म साट्न पाउने

0

अशोज ०२, नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरणको तयारी थालेको छ । गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैङ्कसहित निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ । आजभोलि नै निर्णय गरेर कहिलेबाट वितरण गर्ने त्यसको व्यवस्था मिलाउने राष्ट्र बैंक नोट व्यवस्थापन विभाग स्रोतले बताएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

Share.

Leave A Reply