play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

भारतको दबदबा,भारतीय सेनापति भन्छन: नेपाल भारततिर ढल्किनैपर्छ

0

१ असोज, बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा भारतीय सेनाको असन्तुष्टि सार्वजनिक भएको छ ।यो सैन्य अभ्यास पुनेमा सम्पन्न भएको छ । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय लिएको थियो । समापन कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै भारतीय सेनापति विपीन रावतले नेपालमाथि कटाक्ष गरे ।नेपालले चीनसँग झुकाव राख्न खोजेको आशयसहित उनले यो अस्थायी हुने टिप्पणी गरे ।नेपालको चीनसँग बढ्दो निकटताका विषयमा पत्रकारले प्रश्न गर्दा सेनापति रावतले‘भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्ने दाबि गरे।
उनले पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिए । भारतीय सेनापति रावतले नेपालले चीनसँग आर्थिक सहयोग लिएको विषयमा पनि टिप्पणी गरे ।सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरु बंगलादेश, भुटान, म्यानमार र श्रीलंकाका सेना सहभागी भए ।नेपाल र थाइल्यान्डले पर्यवेक्षक मात्र पठाए । संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयमा देशभित्र सरकारको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय लिएका थिए ।

Share.

Leave A Reply