play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

संविधान दिवसको दिन कालो दिवस नमनाउने फोरमको निर्णय

0

असोज १, सङ्घीय समाजवादी फोरम नेपालले संविधान दिवसको दिन कालो दिवस नमनाउने स्पष्ट पारेको छ ।सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको फोरमले स्पष्ट पारेको छ ।फोरम पार्टीले सोमबार विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो ।पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Share.

Leave A Reply