play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

१६ बर्ष मुनिको एएफसी महिला च्याम्पियन्सिप छनोटका लागि सबै टिम काठमाडौंमा

0

असोज १, बुधबारदेखि काठमाडौंमा आयोजना हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि सबै टिम काठमाडौं आइपुगेका छन् ।छनोट चरणको समूह ईमा नेपाल सहित मलेसिया, फिलिपिन्स र माल्दिभ्स छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको जनाएको छ । खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ । दोस्रो खेल म्यानमारविरुद्ध शुक्रबार हुनेछ भने आइतबार मलेसियासँग खेल्नेछ ।समूहका दुई शीर्ष टिमले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिमा सहभागिता जनाउनेछन् । भोलि प्रतियोगितामा सहभागी टिमसहित पत्रकार सम्मेलन हुनेछ ।

Share.

Leave A Reply